साहित्यकार तथा पत्रकार बिके पाल्पालीको निधन

काठमाडौं, १८ फागुन । साहित्यकार तथा पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ ।
पाल्पालीको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।
केही वर्षअगाडि दुवै मिग्रौलामा समस्या देखिएपछि उनले डायलासिस गराउँदै आएका थिए । पछिल्लो पटक कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको उनकी श्रीमती रेणुका भट्टराईले जानकारी दिइन् ।
पाल्पालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
२०३२ सालमा पाल्पामा जन्मेका पाल्पालीले हाइकु, कथा, कविता र गीत लेखेका छन् । साहित्यका साथसाथै उनी पत्रकारितामा पनि सक्रिय थिए ।
उनी पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


