सर्लाही, १८ फागुन । सर्लाहीमा लागुऔषध गाँजासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य सीतामढी ग्राम पञ्चायत राजा प्रसोनी–१ बस्ने २३ वर्षीय मो. साकिर, वडा नम्बर–९ बस्ने ३५ वर्षीय नुर महमद राई र शिवहर ग्राम पञ्चायत सलिमपुर वडा नम्बर–१३ बस्ने २० वर्षीय मो. नसु आलम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

मलगंवा नगरपालिका–८ स्थित प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पोलाई चेकजाँच गर्दा १० किलो लागुऔषध गाँजा बरामद गरिएको उनले बताए ।

गाँजा सहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।