जनकपुरधाम, १७ फागुन । सामाजिक तथा धार्मिक क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएको जनकपुरधामस्थित दशरथ युवा कमिटीले यसवर्ष पनि भव्यताका साथ महाशिवरात्रि पर्व मनाईरहेको छ ।

कमिटीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित सन्त तुलसी दास पार्कमा यसवर्ष सवा लाख महादेवको पूजापाठ गरी लखराम पूजाको आयोजना गरेको हो ।

२०६६ सालदेखि प्रत्येक वर्ष मनाउँदै आएको महाशिवरात्री पर्व यसवर्ष भव्यताका साथ मनाईरहेको कमिटीका अध्यक्ष लवकुमार झाले जानकारी दिए । कमिटीले यसवर्ष लखराम पूजाको आयोजना गरेको छ । लखराम पूजामा सवा लाख महादेवको पूजा भईरहेको अध्यक्ष झाले बताए ।

अध्यक्ष झाले आज दिउँसो २ बजेदेखि लखराम पूजाको आयोजना गरिएको र सन्ध्या ७ बजेदेखि भजन सन्ध्या हुने जानकारी दिए । अध्यक्ष झाले जनकपुरधामवासीलाई पूजामा स–परिवार सहभागी भईदिन आग्रह समेत गरेका छन् ।

उनले ओझेलमा परेको दशरथ तलाउको सौन्दर्यीकरण र चौतर्फी विकासका लागि यस कमिटीले निरन्तर प्रयास गरिरहेको र यस कार्यलाई निरन्तरता दिने बताए ।