कौशलटारमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

काठमाडौं, १७ फागुन । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
मंगलबार बिहान ७ बजे भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।
उनका अनुसार कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवेयरको दक्षिण पट्टी प्रेसर कुकुरभित्र शंकास्पद वस्तु राखिएको थियो ।
‘शंकास्पद वस्तु छ भन्ने खबर प्राप्त हुने वित्तिकै घटनास्थललाई सुरक्षित राखेर बम डिस्पोजल टोलीले ९ः ०७ बजे डिस्पोज गरेको थियो’ पाण्डेले भने, ‘डिस्पोज गरेर हेर्दा भाँडोभित्र २ मिटरको विजुलीको तार, इँटाको धुला, माटो र नो एमसीसी लेखिएको कागज भेटिएको थियो ।’
थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


