काठमाडौं, १७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसीमाथि गरेको व्याख्यात्मक घोषणा एमसीसी कम्प्याक्टमा अंग बनेको बताएको छ ।

संसदबाट एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्दै एकीकृत समाजवादीले व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पु¥याउनबाट रोकिएको दाबी गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टी अडानका कारण व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन भएको उल्लेख छ ।

एमसीसी जस्ताको त्यस्तै पारित हुँदा देश अप्ठ्यारो अवस्थामा पुग्ने सक्ने भएकाले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेको एकीकृत समाजवादीले जनाएको छ ।