काठमाडौं, १७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

पार्टीको एमसीसी अनुमोदन भइसकेपछिको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले ओलीको आलोचनामै लामो समय बिताएका हुन् ।

अध्यक्ष नेपालले ओलीमा देशभक्तिको भावना नभएकोदेखि संविधानको उल्लंघन गरेकोसम्म आरोप लगाएका छन् ।

उनले भने,‘केपी ओलीमा देशभक्तिको भावना छँदै छैन् । आत्मसमर्पणवादी नीति अबलम्बन गरेर, दक्षिणपन्थी बाटो अंगालेर अगाडी बढेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायक नै छैन् ।’

उनले ओलीलाई चुनौती दिँदै भनेका छन, ‘म चुनौतीका साथ भन्न चाहन्छु, यदी ठिक हो भने मैदानमा आउनुपर्यो । तथ्य र बहसको मैदानमा ।’