आफ्नो पार्टी सभामुख सापकोटाको पक्षमा उभिन्छ : माधव नेपाल

काठमाडौं, १७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उनले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताएका हुन् ।
सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउन सभामुख सापकोटाको पक्षमा उभिने बताए ।
एमसीसीबारे देखिएको विवाद र आशंका घोषणापत्रले निवारण गरेको दाबी गरेका उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


