वृद्धाआश्रममा खाद्यान्न तथा फलफूल वितरण गरी निधिले मनाए आफ्नो जन्मदिन

जनकपुरधाम, १७ फागुन । नेपाली कांग्रेसका युवा नेता सोनू निधिले आफ्नो जन्मदिनको अवसर पारेर जनकपुरधामस्थित जानकी वृद्धाआश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेका छन् ।
जन्मदिनमा गरिने फजुल खर्चलाई बचाउँदै सामाजिक कार्यमा लगाई केही हदसम्म भएपनि राहत पुगोस् भन्ने उद्देश्यले वृद्धाआश्रममा खाद्यान्न वितरण गरेको निधिले बताए । आफ्नो जन्मदिनमा वृद्धाआश्रमकी आमाहरुलाई खाद्यान्न सामाग्री वितरण गर्न पाउँदा आफूले गर्व महसुस गरेको र आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने उनले बताए ।
‘आज महाशिवरात्री साथै मेरो जन्मदिन, जन्मदिनमा परिवारजन, मित्रसँगै जानकी वृद्धाआश्रममा गई आश्रममा रहेकी आमाहरूलाई फलफूल, खाद्यान्न लगायत अन्य सामग्री वितरण गरि आमाहरुसँगै आफ्नो जन्मदिन मनाएको छु,’ निधिले भने,‘पार्टी आयोजना गर्नु, भोज भतेर गर्नु भन्दा राम्रो आफू यस धर्तीमा आएको दिनमा दानपुण्य गर्नु, ठुलावडाको आशीर्वाद पाउनु नै मेरोलागि सौभाग्य हुन्छ । त्यही भएर आज वृद्धाआश्रममा आफूले सकेजति आमाहरुलाई खुशि बनाउने कोसिस गरी उहाँहरुको न्यानो माया पाएर धेरै नै गौरवान्वित महसुस गर्दैछु ।’
उनले आफ्नो व्यक्तिगत तर्फबाट हुनेजति सहयोग जहिल्यै पनि गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
खाद्यान्न सामग्री ग्रहण गर्दै वृद्धाआश्रमकी आमाहरुले निधिलाई धन्यवाद ज्ञापन गरे । जन्मदिनको अवसरमा यसरी राहत स्वरूप आफूहरुलाई खाद्यान्न वितरण गर्नु निकै नै सराहनीय कार्य रहेको उनीहरुले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


