काठमाडौं, १६ फागुन । नेपाली काँग्रेसको बाँकी रहेको १६ मध्ये ६ जिल्लाको अधिवेशन आज भइरहेको छ ।

आज पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरमा अधिवेशन भइरहेको छ ।

पार्टीको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए ।

निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो भने आज मतदान भइरहेको छ ।

नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेको थियो ।

धनुषाको अधिवेशन भने फागुन २३ गते हुने भएको छ ।