एमसीसी पारित गर्न एमालेले पनि सघायो : कांग्रेस

काठमाडौं, १६ फागुन । नेपाली काँग्रेसले एमसीसी पारित गर्न नेकपा एमालेले पनि सघाएको बताएको छ ।
काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
उनले भने,‘अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो ।’
समग्रमा अपवादबाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको उनको भनाइ छ । एमसीसीमा रहेको भ्रम र अन्योललाई चिर्ने काम भएको पनि उनले जिकिर गरे ।
उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिए । उनले एमसीसीको सन्दर्भमा एमालेको पनि सकारात्मक दृष्टिकोण रहेकाले सो पार्टीलाई पनि काँग्रेसले धन्यवाद दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


