काठमाडौं, १६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास र वातावरण विज्ञ नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले डा.महेशराज पन्तलाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी हुन् ।

त्यसैगरी डा. कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।