सिरहा, १६ फागुन । सिरहास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत्त एक कामदारको मृत्यु भएको छ ।

उद्योगमा प्रोजेक्ट साइडको एसआरएम इन्जिनियरको रुपमा कार्यरत वेल्डर प्यूठानका २८ वर्षीय बेच बहादुर पुर्ण मगरको काम गरिरहेको अबस्थामा दुर्घटना भई मृत्यु भएको हो ।

ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले काम गरिरहेका अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनको मृत्यु पछि मजदुरहरुले घटनाको छानविन गरी लापरवाही गर्नेलाई कारवाहीको माग गर्दै उद्योग बन्द गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायउ उपरीक्षक सुभाष बुढाथोकीले मगरको लडेर मृत्यु भएको बताए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।