धनुषा प्रहरीले हराएको एक बालकलाई फेला पारी परिवारजनको जिम्मा लगायो

जनकपुरधाम, १५ फागुन । धनुषा प्रहरीले हराएको एक बालकलाई फेला पारी परिवारजनको जिम्मा लगाएको छ ।
आइतबार बिहान तीन वर्षीय एक बालक हराएको सूचना प्राप्त भएपछि धनुषा प्रहरीले खोजतलास गरी फेला पारेर अभिभावकको जिम्मा लगाएको हो ।
धनुषाको कमला नगरपालिका वडा नम्बर–८ बस्ने मरिक यादवका ३ वर्षीय छोरा आर्यन यादव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ स्थित फुफाजुको घरबाट बाहिर खेल्न गएको अवस्थामा आइतबार बिहान हराएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ स्थित शहिद चोकबाट बालकलाई सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


