खनाल र चौधरीले मतदान बहिष्कार गर्ने

काठमाडौं, १५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरे पनि सो पार्टीका दुई नेताले मतदानमा भाग नलिने भएका छन् ।
नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल र सांसद मेटमणि चौधरीले मतदान बहिष्कार गर्ने भएका हुन् ।
लामो समयदेखि पार्टीमा एमसीसीको चर्को आलोचना गर्दै आएका खनाल र चौधरीले संसदमासमेत एमसीसीका विषयमा असन्तुष्टि राखेका थिए ।
एकीकृत समाजवादीका अन्य सांसद भने मतदानमा सहभागी भएर त्यसको पक्षमा मतदान गर्न राजी भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


