एमसीसीमा व्याख्यात्मक टिप्पणी जनतालाई भ्रमित पार्ने काम हो : लिङ्देन

काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी परियोजनामा व्याख्यात्मक घोषणा जनतालाई र संसदलाई भ्रममा पार्ने काम मात्र भएको बताएका छन् ।
प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन भन्दै प्रश्न गरेका हुन् ।
‘हामीले गरेको व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्छ कि मान्दैन ? एमसीएले मान्छ कि मान्दैन ?’ उनले भने, ‘जनतालाई र संसदलाई भ्रम पार्ने काम गर्नु हुँदैन ।’
अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धलाई राजनीतिक दलहरुले सत्ता चढ्ने सिँढी र सत्तामा बसिराख्ने लिसो बनाएको पनि टिप्पणी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


