एमसीसी पारित भए विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार जस्तै सञ्चालन गर्छ : पोखरेल

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद गिरिराजमणि पोखरेलले एमसीसी पारित भएमा विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार जस्तै सञ्चालन गर्ने बताएका छन् ।
प्रतिनिधिसभामा आज सुरु भएको एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘कर्मचारीहरु एमससी नेपालले नियुक्त गर्ने तर उनीहरुको नागरिकता भने नेपालले जाँच गर्न नपाउने । वौद्धिक सम्पदाको कुरा होस या लेखा परीक्षणका विद्यमान तर्क हुन धेरै असमान र अपमान खालका प्रावधानहरु राखिएको छ ।’
यो पारित भए विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार संचालन गर्ने भन्दै उनले भने, ‘यो पारित भएमा विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार जस्तै संचालन गरिनेछ । वौद्धिकहरुले त्यतिकै यसलाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिरहेका छैनन । के पनि सुन्नमा आएको छ एक दर्जनभन्दा बढी गोप्य र पुरक सम्झौता पनि गरिएका छन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


