काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले देश र जनताप्रति जिम्मेवार भई सत्य बोल्ने आँट गर्नुपर्ने बताएका छन् ।

एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सत्य देश र जनताको पक्षमा रहेको छ भने बोल्ने आँट गर्नुपर्ने बताएका हुन् ।

‘२०६६ पछिका आठ जना प्रधानमन्त्रीहरूले हाम्रो पालमा यो सम्झौता अघि बढेको छ । जो पूर्वप्रधानमन्त्रीहरू उफ्रिरहनु भएको छ । उहाँहरूकै पालमा सुरुवात भएको हो । मेरो पालामा यो सम्झौतालाई नेपालका लागि योग्य भएको जानकारी मलाई प्राप्त भएको हो । त्यसपछिका सबै प्रधानमन्त्रीका पालामा यो अगाडि बढेको छ,’ उनले भने ।

उनले आफूले एमसिसीका विषयमा नैतिक दाइत्व लिने बताए । उनले आफ्ना पालमा नेपालको पूर्वाधारमा रकम आवश्यक रहेको भएर आफूले एमसिसी चाहिन्छ भनेकै हो भने ।