सर्लाही, १५ फागुन । प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई युवकलाई पक्राउ गरेको छ ।

शनिबार राति करिब पौने एक बजे चोरी भएको मोटरसाइकल आइतवार विहान करिब ८ बजे बरामद भएको हो ।

सर्लाहीको बागमती नगरपालिका–९ बाट ज ६ प २६०४ नम्बरको मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा सोही वडाको शंकरपुरको जङगलमा लुकाई राखिएको अवस्थामा मोटरसाइकल सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय बिनोद महत्तो र १८ वर्षीय अनिल कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।