सर्लाही, १५ फागुन । सर्लाहीबाट लागुऔषध गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको ब्रहम्पुरी गाउँपालिका–४ बस्ने २० वर्षीय तमने साह र १८ वर्षीय मोहम्मद शेराज रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

शनिवार राति सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी नहर स्थितमा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरीको गस्ति टोलीले चेकजाचँ गर्दा चामलको सेतो बोरा भित्र लुकाई छिपाई राखेको ९ किलो ४ सय ग्राम लागुओषध गाँजा बरामद भएको सर्लाही प्रहरीले जनाएको छ ।