व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति अमेरिका सकारात्मक

काठमाडौं, १५ फागुन । व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने पाँच दलिय गठबन्धनको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ ।
यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए ।
‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी अघि बढेका हौ’, काँग्रेसका एक नेता भन्छन्, ‘नेपालका दलहरुले व्याख्यात्मक घोषणा गर्दा अमेरिकाले मान्छ र ? भनेर प्रश्न गरिरहेका बेला त्यसको समेत निरुपण भएको छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


