तमलोपाको संगठन विस्तार अभियान जारी, शनिबार दुई छुट्टाछुट्टै कमिटी गठन

जनकपुरधाम, १४ फागुन । नवगठित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ ।
गत मंसिर २८ गते रविशंकर कुमार कर्णको नेतृत्वमा निर्वाचन आयोगमा विधिवत दर्ता भएको तमलोपाले संगठन विस्तार अभियानलाई तिव्र बनाएको हो ।
सोही क्रममा शनिबार दुई छुट्टाछुट्टै कमिटी गठन गरिएको छ । तमलोपाले नगर कमिटी र जिल्ला कमिटी गठन गरेको हो ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा आयोजित एउटै भेलाले २१ सदस्यीय तराई मधेश विद्यार्थी फ्रन्ट जनकपुरधाम नगर कमिटी र तराई मधेश विद्यार्थी फ्रन्ट धनुषा जिल्ला कमिटी गठन गरिएको बताइएको छ ।
प्रत्युत्पादक मानसिकता विरुद्ध संघर्ष गर्न र जनचेतनाको स्तर वृद्धि गर्ने उद्देश्यका साथ गठन गरिएको यस पार्टीले भविष्यमा राजनीतिमा एउटा नयाँ कदम चाल्ने पार्टी अध्यक्ष कर्णले दावी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


