रेडपान्डाको छालासहित तीन जना पक्राउ

दाङ, १४ फागुन । दाङमा प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
राप्ती गाउँपालिका–१ स्थित भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
शक्रबार बेलुकी पक्राउ परेका उनीहरुले रेडपान्डाको छाला हिमाली क्षेत्रबाट ल्याई अन्यत्र बिक्रीका लागि लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


