एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने स्थिति छ : प्रचण्ड

काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको बताएका छन् । आफू त्यो स्थितिलाई रोक्न प्रयासरत रहेको पनि उनले बताए ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमसीसीको समस्या पनि समाधान होस् र वर्तमान सत्ता गठबन्धन पनि नटुटोस् भनेर उपाय खोजिरहेको बताए ।
उनले भने,‘कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर अहिले हामी लागिराख्या छौं ।’
अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताउँदै प्रचण्डले भने, ‘युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


