काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गरेका छन् ।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए ।

कोईरालाले एमसीसी नेपालको हीतमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताए ।