जनकपुरधाम, १३ फागुन । जिल्ला प्रशासन कार्यालय धनुषाले आलोपालो सेवा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सेवाग्राहीको स्वास्थ्य सुरक्षा र कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयमा लगाइएको आलोपालो सेवा हटाइएको जानकारी दिए ।

अहिले कोभिड–१९ संक्रमण दर घट्दै गइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुँदै आएको सेवाहरु फागुन १५ गतेदेखि नियमित रुपमा प्रदान हुने र पालिका अनुसारको आलोपालो सेवा प्रवाह हटाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

कोभिड–१९ संक्रमण पूर्ण रुपमा नहटिसकेको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न उनले अनुरोध समेत गरेका छन् ।

जिल्ला प्रशासनले कोरोना संक्रमण बढदै गएपछी प्रदान गर्दै आएको सेवाहरुलाई स्थानीय तह अनुसार आलोपालो गरी मिलाएको थियो ।