भन्सार छली गरेर ल्याइएका साढे २ लाख भन्दा बढीको सामान बरामद

जनकपुरधाम, १३ फागुन । धनुषा प्रहरीले भन्सार छली गरेर ल्याइएका साढे २ लाख भन्दा बढी मुल्य बराबरको सामान बरामद गरेको छ ।
बिहिवार राति खटेको प्रहरीको गस्ति टोलीले २ लाख ६१ हजार १७० मुल्य बराबरकोसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
बिहीबार राति गस्तिमा खटेको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ कुवामा भारतबाट भन्सार छली गरेर मोटरसाईकलमा लोड गरी ल्याइएका ५ बोरा कपडा बरामद गरेको छ । प्रहरीले बरामद गरेको कपडा १ लाख ९ हजार ४२० बराबरको रहेको जनाएको छ ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका–७ सार्वजनिक बाटो स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको चिनी सहित किराना सामग्रीहरु १ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको बरामद गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।
बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


