सर्लाहीमा भिरबाट लडेर एक महिलाको मृत्यु

सर्लाही, १३ फागुन । सर्लाहीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका–१४ बस्ने ५५ वर्षीया मुसङमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
बिहिबार साँझ भिरबाट लडेकी महिलालाई उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


