सर्लाहीमा क्रसर उद्योगमा आगलगी हुँदा लाखौँको क्षति

सर्लाही,१३ फागुन । सर्लाहीमा क्रसर उद्योगमा आगलगी हुँदा लाखौँको क्षति भएको छ ।
जिल्लाको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बिहीबार राति उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जल्दा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


