काठमाडौं, १३ फागुन । मादक पदार्थ सेवन गरी एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।

बाँकेको चिसापानी घर भई काठमाडौं महानगरपालिका–९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रमिलाको घाटीमा गम्भीर चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छिन् । छुरा प्रहर गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।