एमसीसीको पक्षमा निर्णय नहोस् भनि दवावका लागि जसपा कार्यालय अगाडी प्रदर्शन

काठमाडौं, १३ फागुन । एमसीसीको विषयमा पार्टीको धारणा तय गर्न जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ ।
एमसीसीलाई लिएर जसपा दुई धारमा विभाजित रहेको छ । उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा र डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । यही कारण पार्टी फुटको समेत आशंका भइरहेका बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
कार्यकारिणी समितिको बैठक बस्ने तयारी भइरहेको बेला एमसीसीको विपक्षमा जसपा कार्यालय अगाडी प्रदर्शन भइरहेको छ ।
एमसीसीको पक्षमा निर्णय नहोस् भनि दवावका लागि प्रदर्शन भइरहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


