माइतीघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं, १३ फागुन । विभिन्न ३४ राजनीतिक दलका कार्यकर्ताले एमसीसीविरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।
विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् ।
एमसीसीलाई लिएर सत्तारूढ दलहरूबीच मतभेद रहेको छ । सत्तारूढ दलमध्ये नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


