जनकपुरधाम, १२ फागुन । नेपाली कांग्रेसका नेता देवचन्द्र झा जिल्ला उपसभापतिको उम्मेदवार बन्ने भएका छन् ।

उनी नेता विमलेन्द्र निधिको समूहबाट धनुषा जिल्लाको उपसभापतिको उम्मेदवार बन्ने निश्चित भएको हो ।

अधिवेशन मुखैमा आएपछि नेताहरुको दौडधुप एकाएक बढेको छ । सोही क्रममा आफू उपसभापतिको उम्मेदवार हुने नेता झाले बताए ।

झाले काँग्रेसलाई एक बनाउँदै पार्टीलाई मजवुत बनाउने लक्ष्यका साथ आफूले जिल्ला उपसभापतिमा उम्मेदवारी दिने बताए । उनले सामान्यतः माथिल्लो पदमा जानुपर्ने भए पनि पार्टीको फेदलाई बलियो बनाउने लक्ष्यका साथ जिल्ला उपसभापतिमा उम्मेदवारी दिने बताए ।

पार्टी सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको झाले बताए । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै गुट, उपगुट नभई अग्रजको सम्मान गर्दै युवालाई समेट्दै जिल्लामा पार्टीको संगठन बिस्तार गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

पार्टीलाई थप मजबुत बनाउन उनको भूमिका प्रशंसायोग्य रहेको उनी निकट नेताहरु बताउँछन् ।

मधेस प्रदेशका ८ जिल्लालगायत देशभरका १६ जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेको अवस्थामा फागुन २० गते अधिवेशन हुने भएको छ ।

धनुषा जिल्ला अधिवेशनमा करिव ४ हजार मतदाता रहेकाले यो अधिवेशन भव्य हुने देखिएको छ ।