नेकपा एकीकृत समाजवादी पार्टी सरकारबाट फिर्ता हुँदै

काठमाडौं, १२ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी सरकारबाट फिर्ता हुने भएको छ ।
एमसीसीको विषयमा फरक मत राख्दै आएको एकीकृत समाजवादी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने अडान लिएपछि सरकार छाड्न लागेको हो ।
एकीकृत समाजवादीका एक नेताले शुक्रबारसम्ममा आफूहरुले सरकार छाड्न सक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रले पनि छिट्टै सरकार छाड्न सक्ने सम्भावना बढेको ती नेताले बताए ।
‘कांग्रेस एमसीसी पारित गर्न अडिग देखियो,’ ती नेताले भने, ‘एमसीसीको विषयमा हामी विपक्षमा छौँ, त्यसैले सरकारमा बस्नुको कुनै औचित्य छैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


