नेकपा एमाले संसद्को अवरोध हटाउन सहमत

काठमाडौं, १२ फागुन । नेकपा एमाले संसद्को अवरोध हटाउन सहमत भएको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्का सबै दलको सहमतिमा संसद् अवरोध नहुने बताएका हुन् ।
उनले समयसीमाभित्रै एमसीसीले संसदबाट निकास पाउने बताए । ‘समयको बारेमा हामी सबै जानकार छौँ, सकेसम्म समयसीमाभित्रै निष्कर्षमा पुग्छौँ,’ उनले भने ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा छलफलकालागि एमसीसी सम्झौता प्रस्ताव गर्ने कार्यसूची थियो । तर, दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएपछि लगत्तै प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भएको थियो ।
बिहीबारको संसद बैठक रोक्न प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


