काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।

संसद भवनमा भएको भेटवार्तामा प्रचण्डले ओलीलाई यस्तो प्रस्ताव गरेको नेकपा एमालेका एक नेताले बताए ।

‘उहाँ (प्रचण्डज्यू)ले अध्यक्षज्यूलाई फेरि प्रधानमन्त्री हुनुहोस्, हामी सहयोग गर्छौँ भन्नुभएको छ,’ ती नेताले भने, ‘तर, हामी अहिले सत्तामा जान हतारिएका छैनौँ, देशलाई निकास दिनुपर्छ र अब हुने भनिएका चुनावहरु समयमा हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’

प्रचण्डले यस्तो प्रस्ताव गरे पनि आफूहरुले त्यसलाई सिरियस्ली नलिएको उनले दाबी गरेका छन् ।

आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट भएको केही समयपछि प्रचण्ड ओलीलाई भेट्न पुगेका थिए ।