यथास्थितिमा एमसीसी पास गर्न नहुने नेता पोखरेलको भनाइ

काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले यथास्थितिमा एमसीसी पास गर्न नसक्ने बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पोखरेलले आफूहरू अमेरिका विरोधी नभएको र अनुदान पनि चाहिएको बताउँदै उनले यथास्थितिमा एमसीसी पास गर्न नसक्ने समेत बताए ।
उनले भने,‘हामी अमेरिका विरोधी होइनौं, हामीलाई विकास पनि चाहिएको छ । साँच्चै अनुदान हो भने त्यो पनि चाहिएको छ । तर, अनुदानका वा विकासका नाममा जे कुरा पृष्ठभागमा आएको छ, त्यो बुझिदिनुप¥यो ।’
सम्झौतामा जे छ, त्यही पास गरे भनेर भनिएको र संसदलाई रबर स्ट्याम्प बनाउन खोजेको भन्दै उनले यथास्थितिमा पास गर्न नसकिने बताए ।
उनको प्रश्न गर्दै भने,‘यदि अनुदान हो भने पास गर भनेर किन हाम्रा राष्ट्रिय नेताहरूलाई धम्की दिँदै हिँडेको छ ?’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


