काँग्रेसका चार, लोसपा र जसपाका १/१ जना सांसद मतदानमा सहभागी हुन नपाउने

काठमाडौं, १२ फागुन । एमसीसीको पक्षमा उभिएका नेपाली काँग्रेसका चार जना सांसद मतदानमा सहभागी हुन नपाउने भएका छन् ।
एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका काँग्रेसका चार जना सांसद्हरु विजयकुमार गच्छदार, अफ्ताव आलम, प्रदीप गिरि र कर्मा घले मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् ।
बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् भने व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित काँग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन् ।
त्यस्तै, उपचारका लागि भारतमा रहेका काँग्रेस सांसद प्रदीप गिरि र कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन् । दुवैजना भारतमा छन् ।
काँग्रेसको जस्तै लोसपाका निलम्बित सांसद रेशम चौधरी र जसपाका निलम्बित सांसद हरिनारायण रौनियारले पनि पक्षमा मतदान गर्न पाउँदैनन् । उनीहरू निलम्बनमा परेकाले संसदीय गतिविधिमा सहभागी हुन पाउँदैनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


