काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनमा भेटवार्ता भएको छ ।

बिहीबारका लागि बोलाइएको संसद बैठक स्थगित गर्न आग्रह गरेका प्रधानमन्त्री देउवाले संसद भवनमै एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा देउवा र ओलीबीच संवाद भएको हो ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले संसदमा टेबल भएको एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग नगर्ने भएपछि देउवा–ओली संवादमा जुटेका छन् ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा भोलिसम्मका लागि स्थगित गरिएको छ ।