गठबन्धन भत्किनु अनिवार्य छ : योगेश भट्टराई

काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धन छिटो भत्किनुपर्ने बताएका हुन् ।
‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ । त्यसैले यो छिटो भत्किनुपर्छ,’उनले भने ।
अहिले सत्ता गठबन्धनभित्र देखिएको संकटलाई राष्ट्रिय संकटको रुपमा देखाइएको र मुलुकलाई भूराजनीतिक चलखेलको केन्द्र बनाइएको भट्टराईले टिप्पणी गरे ।
उनले भने,‘अहिले गुटको संकट ल्याएर पार्टीमा थुपार्ने र पार्टीको संकट ल्याएर गठबन्धनमा थुपार्ने, अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रुपमा खडा गरेर नेपाललाई भूराजनीतिक चलखेल अखडा बनाइएको छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


