काठमाडौं, १२ फागुन । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन गरिने बताएक छन् ।

उनले भने,‘सडक तात्ने मात्र होइन, आवश्यक परे बल्ने छ । आज बोलाइएको संसद बैठकमा पुगेर फर्कने क्रममा संचारकर्मीलाई खनालले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धन भत्किने भन्ने कुरा अस्थायी घटनाक्रम भएको टिप्पणी गरे ।

उनले भने, ‘गठबन्धन भनेको कुरा बन्छन्, बिग्रन्छन् । फेरि बन्छन्, फेरि बिग्रन्छन् । यो ऐतिहासिक प्रक्रियामा यी सब अस्थायी घटनाक्रम हुन् । जनताको हित, देशको हित, राष्ट्रको हितलाई कहिल्यै छाडिँदैन ।’

उनले एमसीसीको विषयमा कुरो कहिल्यै नमिल्ने दाबी गरे ।

‘एमसिसीको कुरा कहिल्यै मिल्दैन । एकथरी महाशक्तिको पछाडि लागेका छन् । अर्को, स्वतन्त्रताको पक्षमा सार्वभौमसत्ताको पक्षमा छन् । यी दुइटा कुरा कहिल्यै मिल्दा पनि मिल्दैन’,उनले भने ।

उनले भने, ‘सडक आवश्यकता अनुसार तात्छ । त्यतिमात्र होइन, आवश्यक परे त्यो बल्छ ।’