सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

सप्तरी, १२ फागुन । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा करेन्ट लागेर स्थानीय ४२ वर्षीय महादेव साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


