महोत्तरीबाट स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ सहित एक युवक पक्राउ

महोत्तरी, १२ फागुन । महोत्तरीबाट स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्य सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
भारतबाट नेपाल प्रवेश गरेका सो युवकलाई महोत्तरी प्रहरीले बुधवार अपरान्ह पक्राउ गरेको छ ।
बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरिएर नेपाल ल्याउँदै गरेको ९ लाख ५० हजार रुपैयाँ मनरासिस्वा नगरपालिका–२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शंका लागि चेकजाँच गर्दा पक्राउ परेका हुन् ।
स्रोत नखुलेको रकम, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


