नम्बरप्लेट बिनाका गाडीहरुमा नम्बर लेख्ने अभियान सुरु

जनकपुरधाम, ११ फागुन । धनुषा प्रहरीले नम्बरप्लेट बिनाका गाडीहरुमा नम्बर लेख्ने अभियान सुरु गरेको छ ।
धनुषा प्रहरीले दुई साताको अवधिमा विभिन्न चेक प्वाईन्टबाट १३२ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई नम्बर लेखाएर पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
माघ २७ गतेदेखि फागुन १० गतेसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाद्धारा ट्राफिक चेक प्वाईन्ट मुजेलिया, जनकपुरधाम, रेल्वे, हनुमाननगर, कपिलेश्वर र जिरोमाईलमा चेकिङमा खटेका प्रहरी टोलीले नम्बर नबुझिने तथा अनटेस्ट नम्बर प्लेट भएका १३२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई सबैमा नम्बर लेख्न लगाई पठाईएको डीएसपी बस्नेतले जानकारी दिए ।
धनुषा प्रहरीले नम्बर नबुझिने तथा अनटेस्ट नम्बर प्लेट भएका सवारी साधनहरूमा नम्बर लेख्न लगाई ट्राफिक व्यवस्थापन तथा अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


