सिरहाबाट तीन किलो चाँदीका गरगहना सहित दुई भारतीय पक्राउ

सिरहा, ११ फागुन । सशस्त्र प्रहरीले सिरहाबाट तीन किलो चाँदीका गरगहना सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार मधुवनी थाना राजनगर–१२ का ३८ वर्षीय रञ्जित राय र उनका काका ६१ वर्षीय लखन राय रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ३ किलो ५२ ग्राम चाँदीको तयारी गहना र २० हजार भारतीय रकम बरामद गरिएको हो ।
सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्बर ७ गण हेड क्वार्टर सिरहाबाट खटेको विशेष टोलीले लहान नगरपालिका–७ दुर्गामन्दिरबाट दुवैजनालाई नियन्त्रणमा लिएको छ ।
दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको नम्बर ७ गण हेड क्वाटर सिरहाका सूचना अधिकारी डिएसपी विनोद थापाले जानकारी दिए ।
सशस्त्र प्रहरीले सप्तरीको नाका हुँदै दहान बजारमा गहना लिएर आइरहेको विशेष सूचनाको आधारमा दुवैजनालाई पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


