माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।
बिहीबार बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार गएका थिए । भेटमा एमससीसी लगायतका विषयमा छलफल भएको मन्त्री खाँण निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रयासमा मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको त्यस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


