वरिष्ठ गायक लामाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले लामाको निधनले नेपाली गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रले एक असल साधक गुमाएको बताएका छन् ।
‘कलाकार एवं लोकगायक जयनन्द लामाको असामयिक निधनबाट मुलुकले गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भनेका छन् ।
जयनन्दको आज बिहान भक्तपुरस्थित आफ्नो निवास कौशलटारमा गाडीबाट लडेको अवस्थामा मृत फेला परेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


