विदेशी मुद्रासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, ११ फागुन । प्रहरीले विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक ४५ वर्षीय शतिस प्रशोतम सजनानीलाई पक्राउ गरेको हो ।
शतिसका साथबाट प्रहरीले २० हजार भन्दा बढी अमेरिकी डलर र अन्य देशका मुद्रा बरामद गरेको छ । फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका उनलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।
उनको झोला खानतलासी गर्दा प्रहरीले २० हजार १५० अमेरिकी डलर, ३१ हजार ६ सय नेपाली रुपैयाँ, १ हजार ३५५ युएई दिराम, ५ पाउन्ड स्टर्लिङ डलर, ५० जर्जिया लारी बरामद गरेको छ ।
उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


