कांग्रेसको सप्तरी सभापतिका लागि संस्थापन पक्षबाट यादवको उम्मेदवारी

सप्तरी, १० फागुन । नेपाली कांग्रेसको फागुन १५ गते हुन लागेको जिल्ला अधिवेशनमा सप्तरी जिल्ला सभापति पदका लागि संस्थापन पक्षबाट शत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान जिल्ला सचिव समेत रहेका यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सप्तरी क्षेत्र नम्बर १ का सभापति ललन गुप्ताले यादवको नाम प्रस्ताव गरेका थिए भने उनलाई सभापतिका आकांक्षी निर्मला यादवले समर्थन गरेकी थिइन् ।
प्त्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापति दिनेश यादवले शत्रुधन यादव निर्वाचित भएपछि पार्टीलाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।
सप्तरीमा संस्थापन इतर पक्षले भने अहिलेसम्म सभापतिको उम्मेदवार घोषणा गरेको छैन । संस्थापन इतर पक्षबाट भने रामदेव साह र रामकुमार यादव सभापतिको आकांक्षी रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


