भक्तपुर, १० फागुन । प्रहरीले भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।

यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।