एमसीसीविरुद्ध परेका रिट दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले एमसीसीविरुद्ध परेका रिट दर्ता गर्न अस्वीकार गरेको छ ।
एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नभएको भन्दै अधिवक्ताहरू सुरेन्द्र भण्डारी र स्वागत नेपाल सर्वोच्च पुगेका थिए ।
उनीहरुको रिट बारेको मुद्दा संसदमा पेश भइसकेको भन्दै अदालतले दरपीठ गरेको हो । भण्डारीको रिटमा एमसीसीबारे संसदबाट निर्णय नगर्नु भनी आदेश जारी माग गरिएको थियो ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विरोध र विवादकाबीच सरकारले एमसीसी संसदमा टेबल गरिसकेको छ । यसअघि पनि एमसीसीविरुद्ध अधिवक्ता भण्डारी लगायतको रिट परिसकेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


